कोरोनाको प्रकोप : अमेरिकामा संक्रमित र मृतकको संख्या बढ्दै

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ५२ हजार ३९ जनाको मृत्यु भएको छ भने १ करोड ६४ लाख १२ हजार ७९४ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १ करोड ४२ हजार ३६२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार २४५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ४९ हजार ८४९ जनाको मृत्यु भएको छ भने ४३ लाख ७१ हजार ८३९ जनालाई संक्रमण भएको छ ।

त्यस्तै २० लाख ९० हजार १२९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १८ हजार ९८६ जनाको स्वास्थ्य अवस्था ग्म्भीर रहेको छ ।

अमेरिकाको क्यालिफोर्नियामा ८ हजार ४५३ जनाको मृत्यु भएको छ भने ४ लाख ५९ हजार १९५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै न्यूयोर्कमा ४ लाख ३९ हजार ८८५ जनालाई संक्रमण भएको छ भने ३२ हजार ६८९ जनाको मृत्यु भएको छ ।

त्यस्तै फ्लोरिडामा ४ लाख २३ हजार ८५५ जनालाई संक्रमण भएको छ भने ५ हजार ८५५ जनाको मृत्यु भएको छ ।

अमेरिकामा आईतवार ५६ हजार १३० जना संक्रमित थपिएका छन् भने ४५१ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?