काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख ५० हजार ३ सय ६१ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ६३ लाख २१ हजार ८ सय ४९ जनामा कोरोना संक्रमण फैलिएको छ ।
हालसम्म विश्वभरबाट ९९ लाख ८३ हजार २ सय ७२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६६ हजार २ सय ६१ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ३२ हजार ८ सय ९ पुगेको छ । बितेको २४ घण्टामा ४९ हजार ७ सय १९ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या १४ लाख ३५ हजार २ सय १३ पुगेको छ ।
हालसम्म ९ लाख १७ हजार २ सय ३४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७ सय १३ जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया