नुवाकोट सुर्यगढीका २४ वर्षीय युवकमा कोरोना पुष्टि

नुवाकोट । नुवाकोटमा थप १ जनामा कोरोना पुष्टि भएको छ । संक्रमित हुनेमा सुर्यगढी गाउँपालिकाका २४ वर्षीय पुरुष रहेका छन् ।

उनको राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको गरिएको परीक्षणमा कोरोना पुष्टि भएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । त्यससँगै नुवाकोटमा कोरोना संक्रमितको संख्या ३७ पुगेको छ । स्वास्थ्य कार्यालयका अनुसार हालसम्म ३४ जना कोराना उपचारपछि निको भएर घर फर्किएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?