काठमाडौं । प्रदेश नम्बर २ मा कोरोनाबाट एकैदिन दुई जनाको मृत्यु भएको छ । धरानस्थित विपि कोइराला विज्ञान प्रतिष्ठान गरिएका धनुषाका एक युरुषको बाटोमै मृत्यु भएको हो ।
कोभिड –१९ विशेष अस्पताल जनकपुरधामका प्रमुख डा जामुन सिंहले जिल्लाको शहिदनगर नगरपालिका स्थित डुमरीयाका ३८ वर्षीय पुरुषको कोरोनाबाट
मृत्यु भएको बताए ।
यसैगरी वीरगञ्जस्थित नारायणी अस्पताल अस्थायी कोरोना विशेष गण्डक अस्पतालमा पनि आइतबार बिहान एक जनाको मृत्यु भएको छ । ६५ वर्षीय ती वृद्धमा कोरोना संक्रमण पुष्टि भएको छ ।
नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा मृतक वृद्धको रिपोर्ट पोजेटिभ आएको डाक्टर निरज सिंहले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया