काठमाडौं । विश्वका लागि स्वास्थ्य क्षेत्रमा सबैभन्दा ठूलो चुनौति बनेको कोरोना भाइरसका कारण विश्वमा ६ लाख ४९ हजार १८६ जनाको मृत्यु भएको छ भने १ करोण ६२ लाख ३७ हजार ९५७ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ९९ लाख ३७ हजार ८१३ जना कोरोना संक्रमण मुक्त भएका छन् ।
त्यस्तै विश्वमा पछिल्लो २४ घण्टामा १ हजार ६१२ जनाको मृत्यु भएको छ भने ४८ हजार ७५४ जना नयाँ संक्रमित थपिएका छन् ।
विश्वमा ५६ लाख ५० हजार ९५८ जना संक्रमित उपचाररत रहेका छन् । यस्तै अमेरिकामा १ लाख ४९ हजार ४०० जनाको मृत्यु भएको छ भने ४३ लाख १५ हजार ९२६ जनालाई संक्रमण भएको छ ।
पछिल्लो २४ घण्टामा त्यहाँ २ जनाको मृत्यु भएको छ भने २१७ जना नयाँ संक्रमित थपिएका छन् । त्यस्तै ब्राजिलमा ८६ हजार ४९६ जनाको मृत्यु भएको छ भने २३ लाख ९६ हजार ४३४ जनालाई संक्रमण भएको छ ।
त्यस्तै भारतमा ३२ हजार २०७ जनाको मृत्यु भएको छ भने १३ लाख ९६ हजार ३०४ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा १११ जनाको मृत्यु भएको छ भने १० हजार ८१० जना नयाँ संक्रमित थपिएका छन् ।
त्यस्तै रुसमा १३ हजार २६९ जनाको मृत्यु भएको छ भने ८ लाख १२ हजार ४८५ जनालाई संक्रमण भएको छ ।
त्यहाँ पछिल्लो २४ घण्टामा ७७ जनाको मृत्यु भएको छ भने ५ हजार ७६५ जना नयाँ संक्रमित थपिएका छन् ।
दक्षिण अफ्रिकामा ६ हजार ६५५ जनाको मृत्यु भएको छ भने ४ लाख ३४ हजार २०० जनालाई संक्रमण भएको छ ।
त्यस्तै मेक्सिकोमा ४३ हजार ३७४ जनाको मृत्यु भएको छ भने ३ लाख ८५ हजार ३६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ ७२९ जनाको पछिल्लो २४ घण्टामा मृत्यु भएको छ भने ६ हजार ७५१ जना नयाँ संक्रमित थपिएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया