चीनमा एकैसाथ ९० जना वैज्ञानिकले दिए राजिनामा

काठमाडौं । कोरोना कहरकाबीच चीनको सबैभन्दा ठूलो सरकारी परमाणु संस्थान द इन्स्टीट्यूट अफ न्यूक्ल्यिर एनर्जी सेफ्टी टेक्नोलोजीमा काम गर्ने ९० जना वैज्ञानिकले राजिनामा दिएका छन् ।

एकैसाथ सामुहिक रुपमा उनीहरुले राजिनामा दिएपछि चीन सरकारले अनुसन्धान गर्न आदेश दिएको छ ।

चीन सरकारले यो घटनालाई ब्रेन ड्रेन मान्दै तत्काद अनुसन्धान गर्न आदेश दिएको हो ।

अब संस्थानमा केहि संख्यामा मात्र वैज्ञानिकहरु रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् । यो संस्थामा कुल ६०० जना वैज्ञानिक थिए ।

जसमा बितेका वर्षमात्र २०० जनाले राजिनामा दिएका थिए । त्यसपछि लगातार वैज्ञानिकहरुले राजिनामा दिईरहेका छन् ।

अहिलेसम किन राजिना दिए भन्ने बारेमा स्पष्ट कारण आउन सकेको छैन ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?