काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशका विभिन्न प्रयोगशालाहरुमा ४ हजार ७५ नमुना संकलन गरि पीसीआर परीक्षण गरिएको छ ।
जसबाट थप १ सय ९ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १८ हजार ४ सय ८३ पुगेको छ । हाल नेपालमा सक्रिय संक्रमितको संख्या ५ हजार २ सय ८५ रहेको छ । त्यस्तै हालसम्म नेपालमा संक्रमित भएका मध्ये ७० दशमलव ६ प्रतिशत अर्थात १३ हजार ५३ जना उपचारपछि निको भएर घर फर्किएका छन् । भने बितेको २४ घण्टामा मात्र थप १ सय ६ जना कोरोना मुक्त भएर घर फर्किएका हुन् ।
पछिल्लो समय नेपालमा कवारेन्टाइनमा बस्नेहरुको संख्या घट्दै गइरहेको छ । हाल देशभरका क्वारेन्टाइनमा रहनेहरुको संख्या १८ हजार १ सय ८३ रहेको छ । त्यस्तै नेपालमा हालसम्म ४५ जनाको कोरोनाको कारण मृत्यु भएको छ । बितेको २४ घण्टामा मात्र थप १ जनाको कोरोनाको कारण १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बाराकी १७ वर्षीया युवती रहेकी छिन् । हाल नेपालमा ५ सय ३१ जना रेड जोन अर्थात कोरोनाको उच्च जोखिममा रहेको मन्त्रालयका प्रवक्ता डा गौतमले बताए ।
कुन प्रदेशमा कति छन् आइसोलेसनमा ?
शनिबार देशभरीका विभिन्न अस्पतालका आइसोलेसनमा ५ हजार ३ सय ८५ जना कोरोना संक्रमित उपचाररत रहेका छन् । प्रवक्ता डा. गौतमका अनुसार प्रदेश नम्बर १ मा १ सय ४५, प्रदेश नम्बर २ मा १ हजार ९ सय ९ र बागमती प्रदेशमा ४ सय ३४ जना संक्रमित अहिले उपचाररत रहेका छन् । यस्तै गण्डकी प्रदेशमा ३ सय १३, प्रदेश नम्बर ५ मा ३ सय ४६, कर्णाली प्रदेशमा ३ सय ३८ र सुदूरपश्चिम प्रदेशमा १ हजार ९ सय जना संक्रमित उपचाररत रहेका छन् ।
कुन प्रदेशबाट कति भए कोरोना मुक्त ?
शनिबार १ सय ६ जना डिस्चार्ज भएका छन् । आजसम्म कोरोना मुक्त भएर घर फर्किनेको संख्या १३ हजार ५३ रहेको छ । प्रदेश नम्बर १ मा ७ सय ७५, प्रदेश नम्बर २ मा २ हजार ८ सय ९८, बागमती प्रदेशमा ४ सय ६८ र गण्डकी प्रदेशमा १ हजार १ सय २५ जना संक्रमित निको भएर घर फर्किएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ३ हजार ९ सय, कर्णाली प्रदेशमा १ हजार ५ सय ८५ र सुदूरपश्चिम प्रदेशमा २ हजार ३ सय २ जना डिस्चार्ज भएका छन् ।
कुन प्रदेशमा कति छन् क्वारेन्टाइनमा ?
आज प्रदेश नम्बर १ मा २ हजार २ सय ९, प्रदेश नम्बर २ मा २ हजार ३ सय २, बागमती प्रदेशमा १ हजार ४ सय ८४ र गण्डकी प्रदेशमा ३ हजार २ सय १६ जना क्वारेन्टिनमा रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा २ हजार ७ सय ७९, कर्णाली प्रदेशमा १ हजार १७ र सुदूरपश्चिम प्रदेशमा ५ हजार २ सय ७६ जना गरी देशभरी १८ हजार १ सय ८३ जना क्वारेन्टाइनमा रहेका छन् ।
थप एक जनाको मृत्यु
नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नं ८ की १७ वर्षीया युवती रहेकी छिन् ।
उनको हिजो (शुक्रवार) बेलुका गण्डक कोभिड अस्पताल वीरगञ्जमा मृत्यु भएको हो । उनी गत बुधवार वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको लागि गएकी थिइन् । उनको आरडिटी परीक्षणमा पोजेटिभ देखाएको थियो ।
आरडिटीमा पोजेटिभ देखिएपछि उनलाई अस्थायी कोभिड अस्पताल रिफर गरिएको थियो । उनको साउन ८ गते स्वाब संकलन गरिएको र हिजो कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए ।
उनको शरिरमा अक्सिजनको मात्रा कम हुनुको साथै पखाला लाग्ने, जीउ काम्ने र श्वास प्रश्वासमा समेत समस्या आएको थियो ।
कोरोना संक्रमित नभएका यी ६ जिल्ला
- भोजपुर
- मुस्ताङ
- मनाङ
- पाँचथर
- रसुवा
- संखुवासभा
५०० भन्दा बढी कोरोना संक्रमित उपचाररत भएका यी ३ जिल्ला
- रौतहट
- बाजुरा
- कैलाली
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया