कोरोनाको कारण थप १ जनाको मृत्यु, मृतक संख्या ४५ पुग्यो

काठमाडौं । नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा बारा जिल्ला परवानीपुर गाउँपालिका वडा नं ८ की १७ वर्षीया युवती रहेकी छिन् ।

उनको हिजो (शुक्रवार) बेलुका गण्डक कोभिड अस्पताल वीरगञ्जमा मृत्यु भएको हो । उनी गत बुधवार वीरगञ्ज हेल्थ केयर अस्पतालमा उपचारको लागि गएकी थिइन् । उनको आरडिटी परीक्षणमा पोजेटिभ देखाएको थियो ।

आरडिटीमा पोजेटिभ देखिएपछि उनलाई अस्थायी कोभिड अस्पताल रिफर गरिएको थियो । उनको साउन ८ गते स्वाब संकलन गरिएको र हिजो कोरोना पुष्टि भएको प्रवक्ता गौतमले बताए ।

उनको शरिरमा अक्सिजनको मात्रा कम हुनुको साथै पखाला लाग्ने, जीउ काम्ने र श्वास प्रश्वासमा समेत समस्या आएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?