कोरोना संक्रमितको हिसावले नेपाल विश्वको ६३ औँ स्थानमा

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ६ लाख ३९ हजार ३९ जनाको मृत्यु भएको छ भने १ करोड ५७ लाख ८९ हजार ७१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९६ लाख २२ हजार ७४९जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार २६६ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

नेपाल कोरोना संक्रमितको हिसावले विश्वको ६३ औँ स्थानमा रहेको छ ।

नेपालमा आज (शुक्रवार) थप १३३ जनामा कोरोना भाईरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३४७ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड-१९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४४ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?