राष्ट्रपति भण्डारीद्वारा शीघ्र स्वास्थ्यलाभको कामना

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीले साउदी अरेविया अधिराज्यका नरेश सलमान विन अब्दुल अजिज अल सउदको शीघ्र स्वास्थ्यलाभ र सुस्वास्थ्यको कामना गरेकी छिन् ।

राष्ट्रपति भण्डारीले साउदी नरेशलाई आज एक सन्देश पठाउँदै उनको शीघ्र स्वास्थ्यलाभ र सुस्वास्थ्यको कामना गरेको परराष्ट्र मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?