काठमाडौं । नेपालमा बितेको २४ घण्टामा ३ हजार ९ सय ८७ जनाको पीसीआर परीक्षण गरिएको छ । पीसीआर परीक्षण गरिएकामध्ये १ सय ३३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । त्यससँगै कुल संक्रमितको संख्या १८ हजार ३ सय ४७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
हाल नेपालमा ५ हजार ३ सय ८३ जना कोरोना संक्रमित (एक्टिभ केसहरु) देशका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् ।
त्यस्तै १२ हजार ९ सय ४७ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । बितेको २४ घण्टामा मात्र थप १ सय ७ जना कोरोना मुक्त भएका हुन् । पुष्टि भएको कुल कोरोना संक्रमितमध्ये ७० दशमलव ४७ प्रतिशत उपचारपछि निको भएर घर फर्किएको मन्त्रालयका प्रवक्ता गौतमले जानकारी दिए ।
नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । हालसम्म कोरोनाको कारण ४४ जनाको ज्यान गएको छ । त्यस्तै ५ सय ३१ जना रेड जोन अर्थात कोरोना संक्रमणको उच्च जोखिममा रहेका छन् । पछिल्लो २४ घण्टामा थप १ जना रेड जोनमा परेका छन् । उनी काभ्रेका हुन् । पछिल्लो समय काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढीरहेको छ । आजमात्र काठमाडौंका १० जनामा कोरोना पुष्टि भएको छ ।
पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए ?
बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान प्रयोगशालामा गरिएको परीक्षणमा धनकुटाका १ जना र सुनसरीका १ जना
कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा झापाका ६ जना, मोरङका १ जना, सप्तरीका ७ जना र सुनसरीका १ जना
प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा झापाका १९ जना, सुनसरीका ३ जना र मोरङका १ जना
नारायणी अस्पताल विरगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाराका १ जना, सर्लाहीका १ जना र पर्साका ३० जना
राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा धनुषाका १ जना
शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल टेकुमा गरिएको परीक्षणमा काठमाडौंका ५ जना, पर्साका १ जना र सर्लाहीका १ जना
भरतपुर अस्पताल प्रयोगशाला चितवनमा गरिएको परीक्षणमा चितवनका १ जना
त्रिवि शिक्षण अस्पताल महाराजगंज काठमाडौं प्रयोगशालामा गरिएको परीक्षणमा चितवनका १ जना, काठमाडौंका ५ जना र उदयपुरका १ जना
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा प्रयोगशालामा गरिएको परीक्षणमा कास्कीका १ जना
प्रादेशिक क्षयरोगकेन्द्र प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा कास्कीका ४ जना, लमजुङका ३ जना, बाग्लुङका १ जना र तँनहुका १ जना
भेरी अस्पताल प्रयोगशाला नेपालगञ्जमा गरिएको परीक्षणमा बाँकेका २ जना, बर्दियाका २ जना र दाङका ४ जना
लुम्बिनी प्रादेशिक अस्पताल प्रयोगशाला बुटवलमा गरिएको परिक्षणमा नवरपरासी पूर्वका ४ जना र रुपन्देहीका ४ जना
सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा जाजरकोटका १ जना र कालीकोटका २ जना
दैलेख रियल टाइम पीसीआर प्रयोगशाला दैलेखमा गरिएको परीक्षणमा दैलेखका ८ जना
सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा कैलालीका ८ जना
कुन प्रदेशमा कति छन् सक्रिय क्वारेन्टाइनमा ?
नेपालमा पछिल्लो समय क्वारेन्टाइमा बस्नेहरुको संख्या घटिरहेको छ । हाल १९ हजार ४ सय ४४ जना क्वारेन्टाइनमा रहेका छन् । रहेको मध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा ५ हजार ८ सय ६७ जना रहेका छन् । भने सबैभन्दा कम कर्णाली प्रदेशमा १ हजार १ सय ८५ रहेका छन् ।
प्रदेश नं १ मा २ हजार २ सय २२ जना
प्रदेश नं २ मा २ हजार ४ सय ६८ जना
बाग्मती प्रदेशमा १ हजार ४ सय ३७ जना
गण्डकी प्रदेशमा ३ हजार २ सय ८० जना
प्रदेश नं ५ मा २ हजार ९ सय ८५ जना
कर्णाली प्रदेशमा १ हजार १ सय ८५ जना
सुदूरपश्चिम प्रदेशमा ५ हजार ८ सय ६७ जना
कुन प्रदेशमा कति छन् सक्रिय संक्रमित ?
हाल नेपालमा ५ हजार ३ सय ८३ जना कोरोना संक्रमित(एक्टिभ केसहरु) देशका विभिन्न अस्पतालहरुमा उपचार गराइरहेका छन् ।
हाल रहेका सक्रिय संक्रमितमध्ये सबैभन्दा धेरै प्रदेश नं २ मा रहेका छन् । जहाँ १ हजार ९ सय १ जना रहेका छन् भने सबैभन्दा कम प्रदेश नं १ मा १ सय ४७ रहेका छन् ।
प्रदेश नं १ मा १ सय ४६ जना
प्रदेश नं २ मा १ हजार ९ सय १ जना
बाग्मती प्रदेशमा ४ सय ३९ जना
गण्डकी प्रदेशमा ३ सय ३१ जना 1
प्रदेश नं ५ मा ३ सय ५४ जना
कर्णाली प्रदेशमा ३ सय १५ जना
सुदूरपश्चिम प्रदेशमा १ हजार ८ सय ९७ जना
कुन प्रदेशमा कति जना संक्रमणमुक्त ?
नेपालमा बितेको २४ घण्टामा थप १ सय ७ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ९ सय ४७ रहेको छ ।
प्रदेश १ – ७७२ जना
प्रदेश २ – २८८० जना
वाग्मती प्रदेश – ४५८
गण्डकी प्रदेश – ११०२ जना
प्रदेश ५ – ३८७० जना
कर्णाली प्रदेश – १५८३ जना
सुदूरपश्चिम प्रदेश – २२८२ जना
हाल कोरोना संक्रमित नभएका ६ जिल्ला
नेपालको ७७ जिल्लामध्ये हाल ६ जिल्लामा कोरोना संक्रमित छैनन् । ६ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा.जागेश्वर गौतमले जानकारी दिए ।
- भोजपुर
- मुस्ताङ
- संखुवासभा
- मनाङ
- पाँचथर
- रसुवा
यी हुन् ५०० भन्दा बढी संक्रमित भएका ३ जिल्ला
- रौतहट
- बाजुरा
- कैलाली
कोरोनाको कारण थप १ जनाको मृत्यु, मृतक संख्या ४४ पुग्यो
नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं ११ स्थित रानिघाटकी ८५ वर्षीया महिला रहेकी छिन् ।
उनको आज बिहान ६ बजेर ४५ मिनेटमा बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनमा मुटु सम्बन्धी रोग रहेको र निमोनियाबाट समेत ग्रसित रहेको प्रवक्ता गौतमले बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया