काठमाडौं । नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ ।
मृत्यृ हुनेमा पर्सा जिल्ला वीरगञ्ज महानगरपालिका वडा नं ११ स्थित रानिघाटकी ८५ वर्षीया महिला रहेकी छिन् ।
उनको आज बिहान ६ बजेर ४५ मिनेटमा बजे वीरगञ्जस्थित नारायणी अस्पतालमा मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
उनमा मुटु सम्बन्धी रोग रहेको र निमोनियाबाट समेत ग्रसित रहेको प्रवक्ता गौतमले बताए ।
नेपालमा आज (शुक्रवार) थप १३३ जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार ३४७ पुगेको छ ।
स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १३३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।
उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।
पछिल्लो २४ घण्टामा थप १०७ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ९४७ पुगेको छ ।
नेपालमा हिजो (बिहीवार) १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया