प्रधानमन्त्रीलाई बिदा गरौँ, न्यायाधीशलाई महाअभियोग लगाऔँ : डा. बाबुराम भट्टराई

काठमाडौं । पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका नेता डा. बाबुराम भट्टराईले अहिलेको परिस्थितीको संकटमोचन गर्न ५ सुझाव दिएका छन् । देश गम्भीर मोडतिर जाँदै भएकाले लोकतान्त्रिक संकटमोचनका लागि सुझाव दिएका हुन् ।

सामाजिक सञ्जाल ट्वीटरमा लेख्दै उनले अहिलेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीलाई बिदा गर्ने देखि न्यायाधीशलाई महाअभियोग लगाउनेसम्मको प्रस्ताव उनले राखेका छन् ।

“देश गम्भीर संकटतिर जाँदैछ।लोकतान्त्रिक ढंगले संकटमोचन गर्न यसो गरौं:१.संसद अधिवेशन बोलाऊँ;२.KPOलाई विदा गरेर नेकपाभित्रैबाट नयाँPMचयन गरौं;३.अपराधका संरक्षक न्यायाधीशमाथि महाभियोग लगाऊँ;४.भ्रष्टाचार रोक्न शक्तिशाली लोकपाल गठनगरौं;५.प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपतिमा जाऊँ!” उनले लेखेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?