आज अन्तरिक्षमा हलचल, पृथ्वी नजिक आउँदै उल्कापिण्ड, अलर्ट जारी

काठमाडौं । अन्तरिक्षमा अधिकांश उल्कापिण्डहरु फुट्ने गरेको समाचार त हामील सुन्दै आईरहेका नै छौँ । तर यो जब धर्तीको नजिक आउँछ तब खतरनाक हुन्छ ।

अमेरिकी अन्तरिक्ष एजेन्सी नासाले यस्तै एक उल्कापिण्ड आज धर्तीको नजिक भएर जाने भन्दै अलर्ट जारी गरेको छ ।

यसको नाम एस्टेरोयड रहेको छ । यो करिब ४८ हजार केएमपीएच को रफ्तारमा पृथ्वीको नजिक भएर जानेछ । यो १७० मीटर ठूलो रहेको छ ।

नासाका अनुसार एरेस्टोयड शुक्रवार पृथ्वीबाट करिव ०.३४ एस्ट्रोनोमिकल यूनिट (५० लाख ८६ हजार ३२८ किलोमिटर) टाढाबाट जानेछ ।

यो एक विशालकाय उल्कापिण्ड हो । यखि उसको टक्कर पृथ्वीसँग भयो भने धेरै ठूलो नोक्शान हुन्छ ।

यो केहि टाढाबाट जाने भएकोले डराउनु पर्ने आवश्यक नरहेको वैज्ञानिकको भनाई रहेको छ । तर यसको केहि प्रभाव भने पर्न सक्ने बताइएको छ ।

यो भन्दा पहिला पाँच जूनमा मात्र एक एस्टेरोयड पृथ्वीबाट १ लाख ९० हजार मीलको दूरीबाट गएको थियो । जसको नाम एस्टेरोयड २०२० एलडी थियो । यसको आकार करीव ४०० फीट थियो ।

नासाले ०.०५ एस्ट्रोनोमिकल यूनिट वा उसबाट कम दूरीबाट गएको एस्टोरोयड पृथ्वीको नजिकबाट जाँदा केही हानी हुन्छ ।

यसको टक्कर पृथ्वीमा हुनु भनेकै विनाशको संकेत हो । द प्लेनेटरी सोसाइटीका अनुसार अन्तरिक्षमा अहिले तीन फिटका लगभग १ अर्ब एस्टेरोयड रहेका छन् । तर यीबाट पृथ्वीका लागि केहि खतरा भने छैन ।

९० फिटबन्दा ठूला एस्टेरोयडबाट पृथ्वीलाई धेरै नोक्शान पुग्ने खतरा हुन्छ । हरेक वर्ष करीव ३० वटा छोटा एस्टेरोयड पृथ्वीसँग टकराव हुन्छन् । तर केहि पटक साना उल्कापिण्डबाट पनि पृथ्वीमा खतरा हुन्छ ।

यसको उदाहरण सन् २०१३ मा साइबेरियामा देखिएको थियो । त्यस बेला पृथ्वी नजिक आएको एस्टोरोयड धेरै ठूलो थिएन । तर यसले धेरै नोक्शान पुर्याएको थियो । त्यसैले यो पटक वैज्ञानिकहरु सतर्क भएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?