काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ६ लाख ३६ हजार ४६४ जनाको मृत्यु भएको छ भने १ करोड ५६ लाख ५१ हजार ६०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ९५ लाख ३५ हजार २०६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार २५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच मेक्सिकोमा अहिलेसम्म कोरोनाबाट ४१ हजार ९०८ जनाको मृत्यु भएको छ भने ३ लाख ७० हजार ७१२ जनालाई संक्रमण भएको छ ।
त्यहाँ २ लाख ३६ हजार २०९ जना संक्रमण मुक्त भएका छन् भने ३ हजार ८७८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । मेक्सिकोमा पछिल्लो २४ घण्टामा ७१८ जनाको मृत्यु भएको छ भने ८ हजार ४३८ जना नयाँ संक्रमित थपिएका छन् ।
मेक्सिको मृतकको हिसावमा विश्वकै चौथो स्थानमा रहेको छ । मेक्सिको भन्दा अगाडि पहिलो नम्बरमा अमेरिका, दोश्रोमा ब्राजिल र तेश्रोमा बेलायत रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया