काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा ६ लाख ३६ हजार ४६४ जनाको मृत्यु भएको छ भने १ करोड ५६ लाख ५१ हजार ६०५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ९५ लाख ३५ हजार २०६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार २५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच अमेरिकामा कोरोना भाइरसका कारण अहिलेसम्म १ लाख ४७ हजार ३३३ जनाको मृत्यु भएको छ भने ४१ लाख ६९ हजार ९९१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १९ लाख ७९ हजार ६१७ जना कोरोना संक्रमण मुक्त भएका छन् भने १९ हजार १५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
अमेरिकाको न्यूयोर्कमा ३२ हजार ६५६ जनाको मृत्यु भएको छ भने ४ लाख ३७ हजार ५२९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै क्यालिफोर्नियामा ८ हजार २०२ जनाको मृत्यु भएको छ भने ४ लाख ३२ हजार ३४५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै फ्लोरिडामा ३ लाख ८९ हजार ८६८ जनालाई संक्रमण भएको छ भने ५ हजार ५२० जनाको मृत्यु भएको छ ।
अमेरिकामा बिहीवार मात्रै ६९ हजार ११६ जनालाई संक्रमण भएको छ भने १ हजार १५० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया