कोरोना कहर : भारतमा अहिलेसम्मकै धेरै संक्रमित थपिए, बन्यो नयाँ रेकर्ड

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा ६ लाख ३६ हजार ४६४ जनाको मृत्यु भएको छ भने १ करोड ५६ लाख ५१ हजार ६०५ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९५ लाख ३५ हजार २०६ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार २५५ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोनाबाट अहिलेसम्म ३० हजार ६४५ जनाको मृत्यु भएको छ भने १२ लाख ८८ हजार १३० जनालाई संक्रमण भएको छ ।

त्यहाँ ८ लाख १७ हजार ५९३ जना स्वास्थ्योपचार पछि निको भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा बिहीवार आजसम्मकै धेरै कोरोना संक्रमित थपिएका छन् । त्यहाँ ४८ हजार ४४६ जना संक्रमित बिहीवार मात्रै थपिएका छन् भने ७५५ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?