पहिलो पटक खाली पेटमा रक्सी पिउँदा गयो युवतीको ज्यान !

काठमाडौं । मादक पदार्थ स्वास्थ्यको लागि हानिकारक छ भन्ने कुरा त हामीले सुन्दै र पढ्दै आएका छौँ नै ।

यसलाई लिएर टिचर्सदेखि डाक्टरहरु सबैले मादक पदार्थले स्वास्थ्यलाई हानी पुर्याउँछ भन्ने कुरा नै भनिरहेका हुन्छन् ।

यसैबीच लण्डनमा एक अनौठो घटना सार्वजनिक भएको छ । त्यहाँ एक युवतीको रक्सी पिएका कारण मृत्यु भएको छ ।

२७ वर्षकी उक्त युवतीले खाली पेटमा रक्सी पिएको कारण मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

इंग्ल्याण्डको ब्रिगटनमा एलिन बर्टन ब्य्राडफोर्डले खाली पेटमा रक्सी पिएकी थिइन् । जसका कारण उनको घरकै गार्डेनमा मृत्यु भएको हो ।

उनले पहिलो पटक खाली पेटमा रक्सी पिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरुले बताएका छन् ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?