स्रोत नखुलेको १६ लाख भन्दा बढी रकमसहित भेरी अस्पतालका कम्प्युटर अपरेटर पक्राउ

काठमाडौं । बाँकेस्थित भेरी अस्पतालमा कार्यरत कम्प्युटर अपरेटर राज खनाल स्रोत नखुलेको रकमसहित पक्राउ परेका  छन् ।

बिहीवार उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाँकेको टोलीले उनलाई १६ लाख १३ हजार ९ सय ७५ रुपैयाँसहित पक्राउ गरेको हो । उनले विभिन्न फार्म तथा पसलेहरुबाट लिएको कमिशन वापतको १० लाख भन्दा बढी रकर र चेक कार्यकक्षमा राखेको भन्ने सूचना र उजुरीको आधारमा अख्तियारको टोली त्यहाँ पुगेको थियो । १६ लाख भन्दा बढी रकम खोजतलासीको क्रममा उनको कार्यकक्षको दराजमा भेटिएको थियो ।

उनलाई पक्राउ गरी थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग बाँकेका शाखा अधिकृत मिनराज थापाले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?