नेपालमा कोरोना अपडेट : थपिएका १४७ जना संक्रमितको जिल्लागत विवरण हेर्नुहोस्

काठमाडौं – नेपालमा आज (बिहीवार) थप १४७ जनामा कोरोना भाईरस ‘कोभिड -१९’ संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १८ हजार २४१ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार ‘कोभिड – १९’ संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४३ जनाको मृत्यु भएको छ ।

पछिल्लो २४ घण्टामा थप १५६ जना कोरोना संक्रमणमुक्त भएसँगै कोरोना संक्रमणमुक्त भई अस्पतालबाट डिस्चार्ज हुनेको संख्या १२ हजार ८४० पुगेको छ ।

नेपालमा हिजो (बुधवार) १०० जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

बितेको २४ घण्टामा थपिएका संक्रमितको विवरण यस्तो छ : 

धनकुटा २ जना, सुनसरी २ जना, मोरङका ८ जना, झापाका १ जना, सिरहाका २ जना, सप्तरीका ७ जना, पर्साका १७ जना, भक्तपुरका २ जना, ललितपुरका २ जना, काठमाडौंका ५ जना, महोत्तरीका १ जना, पर्वतका १ जना, कास्कीका २ जना, स्याङ्जाका १ जना, पर्वतका २ जना, रुपन्देहीका १३ जना, प्यूठानका २ जना, नवलपरासीका १ जना, सुर्खेतका ५ जना, सल्यानका १ जना, दैलेखका २४ जना, डडेल्धुराका २ जना, डोटीका ७ जना, कैलालीका २ जना, बझाङका १ जना, कञ्चनपुरका ३० जना गरी बितेको २४ घण्टामा नेपालमा थप १४७ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोनाको कारण थप १ जनाको मृत्यु
नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षीय पुरुष रहेका छन् ।

उनमा श्वास प्रश्वासमा कठिनाई भइ नारायणी अस्पतालको कोभिड अस्पतालमा भर्ना भएका ति पुरुषको साउन ७ गते मृत्यु भएको हो ।

यी जिल्लामा छन् ५०० बढी उपचाररत संक्रमित
रौतहट
कैलाली
र बाजुरा

यी जिल्ला संक्रमणमुक्त
पाँचथर
भोजपुर
संखुवासभा
रसुवा
मनाङ
मुस्ताङ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?