काठमाडौं । नेपालमा कोरोनाको कारण थप १ जनाको मृत्यु भएको छ । यो सँगै मृत्यु हुनेको संख्या ४३ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । मृत्यु हुनेमा वीरगञ्ज माइस्थानका ७० वर्षीय पुरुष रहेका छन् ।
उनमा श्वास प्रश्वासमा कठिनाई भइ नारायणी अस्पतालको कोभिड अस्पतालमा भर्ना भएका ति पुरुषको साउन ७ गते मृत्यु भएको हो ।
नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५६ ना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सँगै हालसम्म १२ हजार ८ सय ४० जना कोरोना मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
बितेको २४ घण्टामा नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको प्रवक्ता गौतमले बताए । त्यस्तै हालसम्म कोरोनाको कारण ४३ जनाको मृत्यु भएको छ । जसमध्ये ४२ जना नेपाली र १ जना विदेशी रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया