पछिल्लो २४ घण्टामा कति जना कोरोना मुक्त भइ घर फर्किए ?

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप १ सय ५६ ना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । यो सँगै हालसम्म १२ हजार ८ सय ४० जना कोरोना मुक्त भएर घर फर्किएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा नेपालमा थप १ सय ४७ जनामा कोरोना संक्रमण देखिएको छ । योसँगै नेपालमा कुल संक्रमितको संख्या १८ हजार २ सय ४१ पुगेको छ । हाल सक्रिय संक्रमितको संख्या ५ हजार ३ सय ५८ रहेको प्रवक्ता गौतमले बताए ।त्यस्तै हालसम्म कोरोनाको कारण ४३ जनाको मृत्यु भएको छ । जसमध्ये ४२ जना नेपाली र १ जना विदेशी रहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?