काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेटेर प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले ४ महिना लामो लकडाउन खुलेपछिको चुनौती सामना गर्न र नयाँ तथा विशेष रणनीति निर्माण गर्न सरकारसँग आग्रह गरेका छन् ।
कोरोना महामारीको ६ महिनामा पनि देशमा भएका क्वारेन्टाईनको हालत खराब रहेको र ती मापदण्ड विपरीत रहेको प्रति आपत्ति जनाउँदै देउवाले कोरोना भाइरस ‘कोभिड – १९’ संक्रमण छ कि छैन भनेर जाँच्न पीसीआर विधिबाट मात्रै उपयुक्त हुने भन्दै यसप्रति ध्यान नदिएकोमा देउवाले प्रधानमन्त्रीसँग आपत्ति जनाएको विज्ञप्तीमा जनाईएको छ ।
उनले, विदेशमा अप्ठ्यारोमा परेका नेपालीको उद्धार, हालको क्वारेन्टाईनको व्यवस्थापन, मनसुनका कारण देशभर आएको बाढी र पहिरोको चपेटाबाट प्रभावितको राहत र पुनर्स्थापना, कोरोनाको कारण सिर्जीत समस्या र तिनको समाधान,
र शतप्रतिशत कोरोना परीक्षण पीसिआर विधीबाट मात्रै गर्नको लागि आग्रह गर्दै युवाहरुले गरेका आन्दोलनहरुले अघि सारेका जायज मागलाई गम्भीरतापूर्वक लिएर सम्बोधन गर्ने लगायतका विषयमा प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
‘विज्ञप्तिमा लेखिएको छ,लकडाउनका बाबजुद संक्रमितको संख्या बीस हजार पुग्न लागेको र तीन दर्जनभन्दा बढीको मृत्यु भएको स्थितिमा लकडाउन खुलेपछिको चुनौती सामना गर्न नयाँ र विशेष रणनीति निर्माणका लागि सभापतिले नेपाली कांग्रेसका तर्फबाट आग्रह र माग गर्नुभएको छ ।’
File Photo
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया