काठमाडौं । रिलायन्स इण्डस्ट्रीजका चियरम्यान मुकेश अम्बानी विश्वकै पाँचौँ धनी व्यक्ति बन्न सफल भएका छन् ।
फोर्ब्सको सूचीमा रियल टाइम नेटवर्थको अनुसार उनी ७५ अर्ब डलरका साथ पाचौँ नम्बरमा रहेका छन् ।
उनी अब फेसबुकका फाउण्डर मार्क जुकरवर्गको नजिक आईपुगेका छन् । जुकरवर्गसँग ८९ अर्ब डलर सम्पत्ती रहेको छ ।
फोर्ब्सको सूचीमा पहिलो स्थानमा १८५.८ अर्ब डलरसहित अमेजनका संस्थापक जेफ बेजोस रहेका छन् भने दोश्रो स्थानमा बिल गेट्स ११३.१ अर्ब डलरका साथ रहेका छन् ।
त्यस्तै एलभीएमएचका बर्नाड अर्नोल्ट एण्ड फ्यामिलीसँग ११२ अर्ब डलर रहेको छ । उनीसँग तेश्रो धनी व्यक्ति हुन् ।
त्यस्तै चौथो नम्बरमा फेसबुकका संस्थापक मार्क जुकरवर्ग रहेका छन् ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया