काठमाडौं । चीनको वुहान शहरमा डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ३० हजार १२९ जनाको मृत्यु भएको छ भने १ करोड ५३ लाख ७१ हजार ३१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ९३ लाख ४८ हजार १६४ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार १७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यस्तै विश्वमा अहिले ५३ लाख ९२ हजार ७३८ जना उपचाररत छन् । पछिल्लो २४ घण्टा यता विश्वमा ७९० जनाको मृत्यु भईसकेको छ भने ६ हजार १०६ जनालाई संक्रमण भएको छ ।
अहिलेसम्म अमेरिकामा कोरोनाका कारण १ लाख ४६ हजार १८३ जनाको मृत्यु भएको छ भने ४१ लाख ८७५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ब्राजिलमा ८२ हजार ८९० जनाको मृत्यु भएको छ भने २२ लाख ३१ हजार ८७१ जनालाई संक्रमण भएको छ ।
त्यस्तै भारतमा १२ लाख ३९ हजार ६८४ जनालाई संक्रमण भएको छ भने २९ हजार ८९० जनाको मृत्यु भएको छ ।
त्यस्तै रुसमा ७ लाख ८९ हजार १९० जनालाई संक्रमण भएको छ भने १२ हजार ७४५ जनाको मृत्यु भएको छ । त्यस्तै दक्षिण अफ्रिकामा ५ हजार ९४० जनाको मृत्यु भएको छ भने ३ लाख ९४ हजार ९४८ जनालाई संक्रमण भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया