ब्राजिलमा बुधवार अहिलेसम्मकै धेरै कोरोना संक्रमित थपिए, मृतक पनि बढ्दै

काठमाडौं । चीनको वुहान शहरमा डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ३० हजार १२९ जनाको मृत्यु भएको छ भने १ करोड ५३ लाख ७१ हजार ३१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९३ लाख ४८ हजार १६४ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार १७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच ब्राजिलमा कोरोनाबाट अहिलेसम्म ८२ हजार ८९० जनाको मृत्यु भएको छ भने २२ लाख ३१ हजार ८७१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै १५ लाख ३२ हजार १३८ जना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

ब्राजिलमा बुधवार मात्रै आज सम्मकै सबैभन्दा धेरै कोरोना संक्रमित थपिएका छन् । त्यहाँ बुधवार ६५ हजार ३३९ जना संक्रमित थपिएका छन् भने १ हजार २९३ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?