सार्वजनिक सवारी साधन सञ्चालनमा

काठमाडौं । सरकारसँग सहमतिसँगै लकडाउनका कारण बन्द भएका सार्वजनिक सवारी आजदेखि सञ्चालनमा आएका छन् ।
यातायात व्यवस्था विभाग र यातायात व्यवसायीबीच सोमबार भएको छलफलपछि व्यवसायी गाडी चलाउन तयार भएका थिए । जसअनुसार स्वास्थ्य सुरक्षा सावधानी अपनाउँदै गाडी चलाइनेछ ।
सरकारले असार २६ बाट जिल्लाभित्र सार्वजनिक सवारी सञ्चालन गर्ने निर्णय गरेको थियो । यसअघि केही सवारी सञ्चालनमा आइसकेका छन् । जसअनसार एकजिल्लाबाट अर्को जिल्लामा जान पाउनेगरी सवारी चल्नेछ । लामो दूरीको भने भदौ १ देखि चल्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?