कोरोना कहर : बुधवार भारतमा संक्रमितको नयाँ रेकर्ड, मृतक पनि ह्वात्तै बढे

काठमाडौं । चीनको वुहान शहरमा डिसेम्बर अन्तिम साता देखिएको कोरोना भाइरसको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देशहरुमा फैलिसकेको छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ३० हजार १२९ जनाको मृत्यु भएको छ भने १ करोड ५३ लाख ७१ हजार ३१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ९३ लाख ४८ हजार १६४ जना संक्रमण मुक्त भएका छन् भने विश्वमा ६६ हजार १७१ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोनाबाट अहिलेसम्म २९ हजार ८९० जनाको मृत्यु भएको छ भने १२ लाख ३१ हजार ८७१ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७ लाख ८४ हजार २६६ जना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

भारतमा बुधवार अहिलेसम्मबै धेरै संक्रमित थपिएका छन् । त्यहाँ बुधवार मात्रै ४५ हजार ५९९ जना संक्रमित थपिएका छन् भने १ हजार १२० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?