काठमाडौं । यतिबेला विश्व नै कोरोना महामारीको कारण आक्रान्त बनेको छ । बेलायत विश्वमा कोरोना संक्रमणको हिसावले १० औँ स्थानमा रहेको छ ।
हालसम्म बेलायतमा कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ४५ हजार ५ सय १ पुगेको छ । बितेको २४ घण्टामा ५ सय ६० जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या २ लाख ९६ हजार ३ सय ७७ पुगेको छ ।
त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ७९ जनाको ज्यान गएको र संक्रमितमध्ये १ सय ४२ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया