काठमाडौं । अमेरिकाको शिकागोमा मंगलवार साँझ अचानक फायरिङ हुँदा १४ जना घाईते भएका छन् ।
शहरमा मंगलवार साँझ अन्तिम संस्कारका बेला एकत्र भएको ठाउँमा अन्धाधुन्ध फायरिङ भएको हो ।
पुलिसका अनुसार घटनाबारे थप अनुसन्धान भईरहेको छ । उप अधीक्षक एरिक कार्टरका अनुसार एक घर बाहिर अन्तिम संस्कारमा सहभागी बनेका मानिसहरु माथि अचानक फायरिङ भएको हो ।
मानिसहरु आफन्तसँगको बिछोडमा विलाप गरिरहेका बेला एक एसयूभी रोकियो र अचानक फायरिङ गर्न शुरु गर्यो ।
गोलीका कारण केहि ठाउँमा आो लागेको कार्टरले बताएका छन् । एक व्यक्तिलाई यो घटनामा सम्बन्धित रहेको भन्दै गिरफ्तार गरिएको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया