नेपालमा कोरोनाबाट पहिलोपटक विदेशीको मृत्यु

काठमाडौं । नेपालमा पहिलोपटक कोरोना भाइरसको कारण विदेशी नागरिकको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ४९ वर्षीय चिनियाँ महिला रहेकी छिन् ।

उनको आज बिहान मृत्यु भएको अस्पताल स्रोतले पुष्टि गरेको छ । हाल नेपालमा कोरोनाको कारण ४० जनाको मृत्यु भएको छ । त्यसमा कोही पनि विदेशी रहेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?