२८ हजार बिरुवा रोपियो

काठमाडौं – वन पुनःस्थापना अभियानअन्तर्गत मङ्गलबार घोराही उपमहानगरपालिका–२ स्थित गौरी सामुदायिक वनमा वृक्षरोपण गरिएिको छ । वन विनास भएर खण्डहर बनेको उक्त क्षेत्रलाई पुनः वनमा फर्काउने उद्देश्यले ६० बिघा क्षेत्रफलमा २८ हजार विभिन्न प्रजातिका बिरुवा रोपिएको हो ।

‘चुरे पुनःस्थापन अभियान सफल पारौँ’ भन्ने मूल उद्देश्यले वृहत्तर वृक्षरोपणअन्तर्गत सामुदायिक वन उपभोक्ता समूहका सदस्य, जनप्रतिनिधिदेखि प्रतिनिधिसभाका सांसदसम्मले एकैपटक सो क्षेत्रमा वृक्षरोपण गरेका छन् । मौवा, आँप, खयर र बाँसका गरी करिब २८ हजार बिरुवा रोपिएको हो ।

भू- क्षयका कारण खण्डहर बनेको सो क्षेत्रमा बिरुवा रोपिएसँगै भूक्षय रोकिनुका साथै वन जोगिने र आयआर्जनको गतिलो माध्यम बन्ने अपेक्षा गरिएको छ ।

विभिन्न कारणले वन विनास भई खाली भएका वन क्षेत्रहरुमा वृहत्तर वृक्षरोपण अभियान थालेर वन पुनःस्थापना अभियान थालेको डिभिजनल वन अधिकृत दीपक ज्ञवालीले बताए  । उनले  यो अभियानअन्तर्गत यस वर्ष १६० हेक्टर क्षेत्रफलमा वन पुनःस्थापना गरिने जानकारी दिए । रासस

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?