कोरोनाबाट अत्याधिक प्रभावित यी ६ देश

काठमाडौं । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरस (कोभिड १९) को कारण यो समाचार तयार पार्दासम्म ६ लाख १५ हजार ८ सय ३५ जनाको ज्यान गएको छ । हालसम्म विश्वभरका १ करोड ४९ लाख ६८ हजार ३ सय ७५ जनामा कोरोना संक्रमण फैलिएको छ । हालसम्म विश्वभरबाट ८९ लाख ८९ हजार ९ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये ६३ हजार ६ सय ६९ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

संयुक्त राज्य अमेरिकामा हालसम्म सबैभन्दा बढी कोरोना संक्रमणको असर देखिएको छ । यो समाचार तयार पार्दासम्म अमेरिकामा १ लाख ४४ हजार ३ सय ७७ जनाको ज्यान गइसकेको छ । बितेको २४ घण्टामा २६ हजार ९ सय १५ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या ३९ लाख ८ हजार ३ सय ४४ पुगेको छ । हालसम्म १ लाख ६२ हजार ३ सय ६० जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १६ हजार ६ सय १० जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र ५ सय ५३ जनाको कोरोनाको कारण ज्यान गएको छ ।

त्यस्तै ब्राजिलमा बितेको २४ घण्टामा ७ हजार ४ सय ८ जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या २१ लाख २९ हजार ५३ पुगेको छ । हालसम्म ब्राजिलमा कोरोनाको कारण ० हजार ४ सय ९३ जनाको कोरोनाको कारण ज्यान गएको छ । वल्डोमिटरको तथ्यांक अनुसार १४ लाख ९ हजार २ सय २ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये ८ हजार ३ सय १ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा मात्र कोरोनाको कारण २ सय ४२ जनाको ज्यान गएको छ ।

त्यस्तै छिमेकी देश भारतमा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या २८ हजार ७ सय पुगेको छ । बितेको २४ घण्टामा ३७ हजार २ सय ३४ जनामा कोरोना संक्रमण पुष्टि भएसँगै कुल संक्रमितको संख्या ११ लाख ९२ हजार १ सय ५१ पुगेको छ । हालसम्म ७ लाख ५२ हजार ३ सय १२ जना कोरोना उपचारपछि निको भएर घर फर्किएको वल्डोमिटरको तथ्यांकले देखाएको छ । त्यस्तै बितेको २४ घण्टामा मात्र कोरोनाको कारण ६ सय ७० जनाको ज्यान गएको र संक्रमित मध्ये ८ हजार ९ सय ४४ जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै रसियामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या १२ हजार ५ सय ० पुगेको छ । बितेको २४ घण्टामा ५ हजार ८ सय ४२ जनामा कोरोना पुष्टि भएको र १ सय ५३ जनाको कोरोनाको कारण ज्यान गएको छ । हालसम्म ७ लाख ८३ हजार ३ सय २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भने संक्रमितमध्ये ५ लाख ६२ हजार ३ सय ८४ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् । भने संक्रमितमध्ये २ हजार ३ सय जनाको अवस्था गम्भीर रहेको छ ।

त्यस्तै दक्षिण अफ्रिकामा हालसम्म कोरोनाको कारण ज्यान गुमाउनेको संख्या ५ हजार १ सय ४ पुगेको छ । हालसम्म ३ लाख ७३ हजार ६ सय २ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै संक्रमितमध्ये ५ सय ३९ जनाको अवस्था गम्भीर रहेको छ । भने बितेको २४ घण्टामा त्यहाँ कोरोनाको कुनै असर देखिएको छैन् ।

पेरुमा बितेको २४ घण्टामा कोरोना संक्रमणको कुनै असर देखिएको छैन् । हालसम्म पेरुमा १३ हजार ३ सय ८४ जनाको कोरोनाको कारण ज्यान गएको छ । त्यस्तै ३ लाख ५७ हजार ६ सय ८१ जनामा कोरोना संक्रमण देखिएको छ । त्यस्तै हालसम्म २ लाख ४५ हजार ८१ जना कोरोना उपचारपछि निको भएर घर फर्किएका छन् भने संक्रमितमध्ये १ हजार ३ सय ३ जनाको अवस्था गम्भीर रहेको वल्डोमिटरको तथ्यांकले देखाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?