बाढी पहिरोबाट आज ९ जनाको मृत्यु

काठमाडौं – अविरल बर्षाको कारण आएको बाढी पहिरोबाट मंगलबार ९ जनाको ज्यान गएको छ । योसँगै मनसुनपछि बाढीपहिरोबाट मृत्यु हुनेको संख्या १२४ पुगेको छ ।

मंगलबार काठमाडौंको टोखामा २, धादिङको त्रिपुरासुन्दरी गाउँपालिकामा ३, नवलपरासी (सुस्ता पुर्व)को बुर्लिङटार गाउँपालिकामा १, दार्चुलाको मालिकार्जुन गाउँपालिकामा ३ जनाको मृत्यु भएको छ ।  अविरल बर्षाको कारण आएको बाढी र पहिरोबाट साना–ठुला ३६ राजमार्ग र सहायक राजमार्ग पुर्ण रुपमा अवरुद्ध छन् ।

यस्तै मौसम पूर्वानुमान महाशाखाले अझै केहि दिन वर्षा हुने भएकोले सचेत बन्न र सर्तकता अपनाउन अनुरोध गरेको छ ।

प्रतिकात्मक तस्वीर

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?