काठमाडौं । नेपाल तरुण दलको केन्द्रीय समितिले विपी कोइरालाको ३८ औँ स्मृति दिवसको अवसरमा बाल आश्रममा सहयोग गरेर मनाएको छ
रवि भवनमा अवस्थित बाल ‘संरक्षण अभियान नेपाल’ नामक बाल आश्रममा तरुण दलले फलफुल, मास्क, स्यानीटाईजर, साबुन लगायतका सामाग्रीहरु वितरण गरेको हो ।

उक्त कार्यक्रममा नेपाल तरुण दलका केन्द्रिय अध्यक्ष जित जंग बस्नेत, उपाध्यक्ष उत्तम चापागाईं, कोषाध्यक्ष विद्वान गुरुङ लगायतको उपस्थिति रहेको थियो ।

त्यसै गरी कार्यक्रममा सहयोग पुर्याईदिने नेपाली कांग्रेस महालक्ष्मी नगरपालिका वडा नं १, २, ३ र ४ समन्वय समिति परिवार र नेपाल विद्यार्थी संघका पुर्व केन्द्रिय सदस्य रवि थापालाई नेपाल तरुण दल केन्द्रिय समितिले धन्यवाद समेत दिएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया