काठमाडौं । कोरोना रोकथाम तथा नियन्त्रणको लागि गत वर्षको चैत ११ गतेबाट लागू गरिएको लकडाउन अन्त्य भएको छ । सरकारले मंगलबार (आज) मध्यरातिबाट लकडाउन अन्त्य गर्ने निर्णय हो ।
सोमवार बसेको मन्त्रिपरिषद् बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।
उनका अनुसार राति १२ बजेबाट लकडाउन हट्नेछ ।
“कुनै दिन हाम्रोमा ७ सयसम्म संक्रमित थिए अहिले २ सय भन्दा तल छ। अब यो साउन महिनाभरिको अवस्था हेर्छौं। त्यसपछि भदौमा थप निर्णय लिन्छौं।” प्रवक्ता डा खतिवडाले बताए ।
त्यस्तै सोमवार बसेको मन्त्रिपरिषद्को बैठकले भदौ १ गते बाट अन्तर्राष्ट्रिय र आन्तरिक उडान समेत खोल्ने निर्णय गरेको छ। यद्यपी अन्तर्राष्ट्रिय सीमा भने साउन ३२ गतेसम्मलाई स्थगित गर्ने निर्णय भएको छ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया