काठमाडौं । आगामी साउन १५ गतेबाट होटल–रेस्टुरेन्ट खुल्ने भएका छन् । सोमवार बसेको मन्त्रीपरिषद्को बैठकले उक्त निर्णय गरेको सरकारका प्रवक्ता डा युवराज खतिवडाले बताए ।
होटल–रेस्टुरेन्ट खुलेपनि सामूहिक भोज, पार्टी र सेमिनार जस्ता गतिविधि भने सञ्चालन गर्न नपाइने उनले बताए ।
त्यसको साथसाथै ट्रेकिङ र ट्राभल व्यवसाय पनि खोल्ने निर्णय भएको उनले बताए ।
साथै सोमवार बसेको मन्त्रीपरिषद् बैठकले आगामी भदौ १ देखि विद्यार्थी भर्ना निर्णय गरेको पनि उनले बताए ।
यस्तै सरकारले बाढी पहिरोमा परी घाइते भएकाको उपचारको सम्पूर्ण व्यवस्था मिलाउने निर्णय गरेको छ ।
यस्तै घाइते, अशक्त र मृतकका परिवारलाई सरकारले यथोचित व्यवस्था गर्ने पनि निर्णय गरेको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया