यस्तो छ हालसम्म कोरोना मुक्त हुनेहरुको प्रादेशीक विवरण

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ६ सय ९ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

यससँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । जुन कुल संक्रमितको अनुपातमा ६९ दशमलव ३४ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । सबैभन्दा धेरै प्रदेश नं ५ बाट ३ हजार ८ सय १८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । भने सबैभन्दा कम वाग्मती प्रदेशबाट ४ सय ५२ जना कोरोना मुक्त भइ घर फर्किएको प्रवक्ता गौतमले बताए ।

कुन प्रदेशमा कति भए कोरोना मुक्त ?

प्रदेश नं १ मा ७ सय ५२ जना

प्रदेश नं २ मा २ हजार ७ सय ६६ जना

वाग्मती प्रदेशमा ४ सय ५२ जना

गण्डकी प्रदेशमा १ हजार २० जना

प्रदेश नं ५ मा ३ हजार ८ सय १८ जना

कर्णाली प्रदेशमा १ हजार ५ सय ४० जना

सुदूरपश्चिम प्रदेशमा २ हजार १ सय २९ जना

यसैबीच नेपालमा आज (मंगलवार) थप १५० जनामा कोरोना भाईरस (कोभिड १९) संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या १७ हजार ९९४ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले नेपालमा बितेको २४ घण्टामा १५० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिए ।

उनका अनुसार (कोभिड १९) संक्रमण पुष्टि भएका संक्रमितहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ भने उनीहरु चिकित्सकको निगरानीमा रहेका छन् । संक्रमण पुष्टि भएकाहरुको सम्पर्कमा रहेकाहरुको कन्ट्याक ट्रेसिङ गर्ने कार्य भईरहेको मन्त्रालयले जनाएको छ ।

नेपालमा अहिलेसम्म कोरोना भाइरस संक्रमणका कारण ४० जनाको मृत्यु भएको छ ।

नेपालमा हिजो (सोमवार) १८६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?