काठमाडौं । ललितपुरमा थप १ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्टार हस्पिटल सानेपामा गरिएको परीक्षणमा उनमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए । पछिल्लो समय काठमाडौंमा उपत्यकामा कोरोना संक्रमण बढिरहेको छ । आज नै काठमाडौंमा थप ८ जनामा कोरोना संक्रमण देखिएको छ ।
नेपालमा बितेको २४ घण्टामा थप ६ सय ९ जना कोरोना मुक्त भएर घर फर्किएका छन् । यससँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । जुन कुल संक्रमितको अनुपातमा ६९ दशमलव ३४ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए । बितेको २४ घण्टामा नेपालमा थप १ सय ५० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । त्यस्तै हालसम्म नेपालमा कोरोनाको कारण ४० जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया