थप ६ सय ९ जना कोरोना मुक्त, संक्रमित संख्या १८ हजार नजिक

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा थप ६ सय ९ जना कोरोना मुक्त भएर घर फर्किएका छन् ।

यससँगै हालसम्म कोरोना मुक्त हुनेको संख्या १२ हजार ४ सय ७७ पुगेको छ । जुन कुल संक्रमितको अनुपातमा ६९ दशमलव ३४ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

बितेको २४ घण्टामा नेपालमा थप १ सय ५० जनामा कोरोना संक्रमण देखिएसँगै कुल संक्रमितको संख्या १७ हजार ९ सय ९४ पुगेको छ । त्यस्तै हालसम्म नेपालमा कोरोनाको कारण ४० जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?