काठमाडौं । कोरोना संक्रमणपछि विश्वका विभिन्न मुलुकमा अलपत्र परेका ३२ हजार नेपालीहरु स्वदेश फर्किएका छन् । कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) को साउन ४ गतेसम्मको विवरणअनुसार हालसम्म ३२ हजार १ सय ६९ जना फर्किए । भने आजै मात्र थप ५ सय ५८ जना स्वदेश फर्किएका हुन् ।
रोजगारीको लागि विश्वका विभिन्न मुलुकमा रहेका नेपालीहरु स्वदेश फर्किन चाहिरहेका थिए । विदेशमा अलपत्र परेका नेपाली स्वदेश फर्काउन २५ मुलुकबाट गरिएको चार्टर्ड उडानमार्फत उनीहरु घर फर्किएका हुन्।
अहिलेसम्म फर्किएका मध्ये सबैभन्दा धेरै यूएईबाट फर्किएका छन् । युएइबाट ७ हजार ६ सय १७, कुवेतबाट ५ हजार ५ सय ४९, साउदी अरेबियाबाट ५ हजार ४४, मलेसियाबाट ३ हजार ७ सय ३० र कतारबाट ३ हजार ६ सय ३३ स्वदेश फर्किएका छन्।
त्यस्तै ती मध्ये हालसम्म धेरै बाग्मती प्रदेशका फर्किएका छन् । कोरोना महामारीपछि मात्र बाग्मती प्रदेशका ९ हजार ८७ फर्किएका हुन् । त्यसपछि क्रमशः प्रदेश नं १ का ६ हजार ४७९, प्रदेश नं ५ का पाँच हजार ४०९, प्रदेश नं २ का पाँच हजार २११, गण्डकी प्रदेशका चार हजार १६९, सुदूरपश्चिम प्रदेशका ७९५ र कर्णाली प्रदेशका ७२२ नेपाल फर्किएका हुन् ।
उनीहरुलाई मुख्यतः नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्स तथा विभिन्न विदेशी एयरलाइन्सले चार्टर्ड उडान गरेका थिए।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया