काठमाडौं । नेपालसहित केहि एशियाली देशहरुमा अहिले भारी वर्षाका कारण जनजीवन अस्तव्यस्त बनेको छ ।
बाढी पहिरोका कारण हजारौँको संख्यामा मानिसहरुको मृत्यु भएको छ भने करोडौँ मानिसहरु प्रभावित बनेका छन् ।
यसैबीच चीनमा पनि भीषण वर्षाका कारण त्यहाँको जनजीवन अस्तव्यस्त बनेको छ । भीषण वर्षाका कारण चीनमा विभिन्न ठाउँहरु डुबानमा परेका छन् ।
चीन सरकारले यसलाई मध्यनजर गर्दै अन्हुई प्रान्तमा बाढीको पानी कटान गर्नको लागि एक नदीमा रहेको बाँध बिस्फोट गरेको छ ।
अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार चीनले आईवार अन्हुई प्रान्तको कुहे नदीमामा रहेका बाँध बिस्फोटक पदार्थले ध्वस्त पारेको हो । यो नदी यांग्त्जी नदीको सहायक नदी हो । उक्त बाँध घाटीमा बाढी नियन्त्रण गर्नको लागि नष्ट गरिएको बताइएको छ ।
चीनमा बाढीका कारण यो वर्ष १४० भन्दा धेरै मानिसको मृत्यु भईसकेको छ भने ३.८ करोड मानिसहरु प्रभावित भएका छन् ।
चीनका २७ प्रान्तका मानिसहरु यो प्राकृतिक विपद्को सामना गरिरहेका छन् । यी मध्ये जिग्यान्सी, हुबेई, हुन्नान र अन्हुई सबैभन्दा धेरै प्रभावित रहेका छन् ।
१५० मिलिमिटर भन्दा धेरै पानी देशका विभिन्न ठाउँमा पर्ने भन्दै चीनले नागरिकलाई अलर्ट गरेको छ ।
एजेन्सीको सहयोगमा
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया