काठमाडौं – कोरोनाको महामारीसँग जुधिरहेको अवस्थामा विगत एक महिनादेखि सक्रिय रहेको मनसुनका कारण बाढी र पहिरोको कहर बढीरहेको छ ।
देशका पहाडी जिल्लाहरुमा बाढी र पहिरोको जोमि बढीरहेको छ भने तराईमा डुबानको कहर छ । यसैबीच, ४ गते आईतबार बेलुकाबाट सक्रिय रहेको मनसुन अहिले पनि भारी वर्षासहित सक्रिय रहेको छ । यसैबीच जल तथा मौसम विज्ञान विभागले बुलेटिन जारी गर्दै काठमाडौं उपत्यकाको बाग्मती र सहायक नदीमा पनि बाढीको उच्च जोखिम रहेको भन्दै सर्तक रहन अनुरोध गरेको छ ।
नारायणी र यसका सहायक नदीमा पनि बाडीको खतरा तह भन्दा माथि हुने, नवलपरासीको सुस्ता र आसपास डुबानको उच्च जोखिममा पर्ने , तटिय क्षेत्रमा उच्चसर्तकता अपनाई सुरक्षित रहन अनुरोध गरिएको छ ।
आज बिहानको मापन अनुसार नारायणी र यसका केहि सहायक नदीमा बाढी आएको छ । आसपासमा खतरा छ भने कोशी र यसका सहायक नदी आसपासमा सर्तक रहन भनिएको छ ।
कहाँ कहाँ छ, उच्च जोखिम ?
नारायणीमा बहाब उच्च हुने तथा खतरा तह भन्दा माथि हुने । कोशीमा पवन बहाब उच्च हुने र खतरा तह आसपास हुने पूर्वानुमान छ ।
कमला,बागमती, पश्चिम राप्तीका केहि सहायक नदीमा आकस्मिक बहाब भई खतरा आसपास पुग्न सक्ने ।
यो सूचना हेर्नुहोस् :



[pdf-embedder url=”https://www.lokpath.com/wp-content/uploads/2020/07/Flood-Bulletin_21July-_2020_7AM-श्रावण-६_1595298391957.pdf” title=”Flood Bulletin_21July _2020_7AM (श्रावण-६)_1595298391957″]
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया