कैलाली । धनगढी– कैलालीको घोडाघोडी नगरपालिकाका उपप्रमुख प्रेमकुमारी थापाले प्रयोग गर्दै आएको स्कारपियो गाडीमा अज्ञात समूहद्वारा गएराति आगजनी गरिएको छ ।
नगरपालिकाको कर्मचारी आवासगृहको परिसरभित्र पार्किङ गरी राखिएको से१झ २४१ नंको गाडीमा अज्ञात समूहद्वारा आगजनी गरिएको इलाका प्रहरी कार्यालय सुखडले जनाएको छ । स्थानीयको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
गाडीको पछाडिपट्टिको भाग मात्र जलेको छ । साथै सँगै रहेको नगरप्रमुख ममताप्रसाद चौधरी चढ्ने गाडीमा कुनै क्षति नभएको प्रहरीले बताएको छ । रासस
- सांकेतिक तस्वीर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया