काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट ६ लाख १३ हजार १३९ जनाको मृत्यु भएको छ भने १ करोड ४८ लाख ५० हजार ४४३ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८८ लाख ९८ हजार ७८० जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ८०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच ब्राजिलमा कोरोना भाइरसका कारण अहिलेसम्म ८० हजार २५१ जनाको मृत्यु भएको छ भने २१ लाख २१ हजार ६४५ जनालाई संक्रमण भएको छ ।
त्यस्तै १४ लाख ९ हजार २०२ जना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ । ब्राजिलमा सोमवार मात्र २१ हजार ७४९ जना संक्रमित थपिएका छन् भने ७१८ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया