कोरोना कहर : भारतमा सोमवार थपिए ३६ हजार बढी संक्रमित

काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ ।

यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसको संक्रमणबाट ६ लाख १३ हजार १३९ जनाको मृत्यु भएको छ भने १ करोड ४८ लाख ५० हजार ४४३ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ८८ लाख ९८ हजार ७८० जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ८०७ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

यसैबीच भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म २८ हजार ९९ जनाको मृत्यु भएको छ भने ११ लाख ५४ हजार ९१७ जनालाई संक्रमण भएको छ ।

त्यस्तै ७ लाख २४ हजार ७०२ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ९४४ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।

त्यस्तै मंगलवार मात्र भारतमा ३६ हजार ८१० जना संक्रमित थपिएका छन् भने ५९६ जनाको मृत्यु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?