काठमाडौं । हालसम्म युनाइटेड अरब इमिरेट्स (युएइ) मा कोरोनाको कारण हालसम्म ३ सय ४० जना मानिसको ज्यान गइसकेको छ, भने ५७ हजार १ सय ९३ जना मानिसमा कोरोना संक्रमण देखिएको तथ्यांकले देखाएको छ । युएइमा स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ४९ हजार ६ सय २१ रहेको छ भने हाल युएइमा १ जनाको अवस्था गम्भिर रहेको छ ।
यो समाचार तयार पार्दासम्म कोरोनाको कारण विश्वभर ६ लाख १० हजार ८ सय १६ जना मानिसको मृत्यु भइसकेको छ । भने १ करोड ४७ लाख ४८ हजार ७ सय ११ जना मानिसमा कोरोना संक्रमण देखिएको छ । त्यस्तै विश्वभर स्वास्थ्य लाभ गरी घर फर्कनेको संख्या ८८ लाख ४ हजार २ सय २७ जना रहेका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?








प्रतिक्रिया