भदौ १ गतेबाट हवाइ उडान खोल्ने

काठमाडौं । आज बसेको मन्त्रिपरिषद् बैठकले भदौ १ गतेदेखि हवाइ उडान खोल्ने निर्णय गरेको छ ।

गत वर्ष चैत्र ११ गतेबाट बन्द रहेको हवाई उडान करिव साढे चार महिनापछि सुचारु हुन लागेको संस्कृती पर्यटन तथा नागरिक उड्यायन मन्त्री यागेश भट्टराईले लोकपथलाई बताए ।

उनका अनुसार भदौ १ गतेबाट आन्तरिक र बाह्य सबै व्यवसायिक उडान खोल्ने निर्णय भएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?