नेपालमा कोरोना अपडेट : कुन जिल्लामा कति थपिए संक्रमित ? यस्तो छ समग्र विवरण

काठमाडौं । नेपालमा बितेको २४ घण्टामा देशका विभिन्न २७ वटा प्रयोगशालामा ४ हजार २ सय १६ जनाको पीसीआर परीक्षण गरिएको छ ।

बितेको २४ घण्टामा नेपालमा थप १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

नेपालमा हाल ५ हजार ९ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् । पछिल्लो २४ घण्टामा कोरोना संक्रमण मुक्त भइ १ सय ७३ जना घर फर्किएका छन् । त्यससँगै आजसम्म ११ हजार ८ सय ६८ जना कोरोना मुक्त भइ घर फर्किएका छन् । जुन कुल संक्रमितको ६६ दशमलव ५१ प्रतिशत हो ।

नेपालमा हालसम्म कोरोनाको कारण ४० जनाको ज्यान गएको छ । आइतवार (हिजो) नेपालमा थप १ सय ५६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो । आज काठमाडौं उपत्यकाका ३ जनामा कोरोना संक्रमण देखिएको छ । जसमध्ये १ जना काठमाडौंका रहेका छन् भने २ जना भक्तपुरका रहेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले बताए ।

पछिल्लो २४ घण्टामा कुन जिल्लामा कति थपिए संक्रमित ?

वीपी कोइराला स्वास्थ्य विज्ञान धरान प्रयोगशालामा गरिएको परीक्षणमा सुनसरीका २ जना

कोशी अस्पताल विराटनगर प्रयोगशालामा गरिएको परीक्षणमा झापाका १ जना, सुनसरीका ४ जना र इलामका १ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा मोरङका १ जना र झापाका २ जना

गजेन्द्र नारायण सिंह अस्पताल राजविराज प्रयोगशालामा गरिएको परीक्षणमा सिरहाका १ जना र सप्तरीका ९ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा गरिएको परीक्षणमा धनुषाका २ जना

नारायणी अस्पताल विरगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा पर्साका ४ जना र बाराका ४६ जना

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंमा गरिएको परीक्षणमा काठमाडौंका २ जना, सर्लाहीका २३ जना र सोलोखुम्बुका ४ जना

पाटन अस्पताल प्रयोगशाला ललितपुरमा गरिएको परीक्षणमा ललितपुरका १ जना

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका ८ जना र लमजुङका १ जना

प्रादेशीक जनस्वास्थ्य प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा तँनहुका २ जना र स्याङजाका १ जना

भेरी अस्पताल नेपालगञ्ज प्रयोगशालामा गरिएको परीक्षणमा बाँकेका २ जना, रोल्पाका ४ जना, सल्यानका २ जना, रुकुमपूर्वका ७ जना र दाङका ५ जना

लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा गरिएको परीक्षणमा दाङका १ जना

रियल टाइम पिसिआर प्रयोगशाला दैलेखमा गरिएको परीक्षणमा दैलेखका १ जना

सुर्खेत प्रादेशिक अस्पताल सुर्खेतमा गरिएको परीक्षणमा दैलेखका १ जना, सल्यानका १ जना,सुर्खेतका ४ जना, हुम्लाका १ जना र कालीकोटका १ जना

डडेल्धुरा अस्पताल प्रयोगशाला डडेल्धुरामा गरिएको परीक्षणमा डोटीका ४० जना

सेती प्रादेशिक अस्पताल प्रयोगशाला धनगढीमा गरिएको परीक्षणमा कैलालीका १ जना

 

यस्तो छ देशभर क्वारेन्टाइनमा रहनेको प्रादेशीक विवरण

हाल देशभरका क्वारेन्टाइनमा रहनेको संख्या २२ हजार २ सय २८ रहेको छ । पछिल्लो समय क्वारेन्टाइनमा बस्नेको संख्या घटिरहेको छ ।

हाल सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा क्वारेन्टाइनमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय ८८ जना क्वारेन्टाइनमा रहेका छन् । त्यस्तै सबैभन्दा कम बाग्मती प्रदेशमा रहेका छन् । जहाँ १ हजार ५ सय २४ जना क्वारेन्टाइनमा रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

प्रदेश नं १ मा २ हजार ४ सय १३ जना

प्रदेश नं २ मा २ हजार ५ सय ८ जना

बाग्मती प्रदेशमा १ हजार ५ सय २४ जना

गण्डकी प्रदेशमा ३ हजार २ सय ७८ जना

प्रदेश नं ५ मा ३ हजार ५ सय ६१ जना

कर्णाली प्रदेश नं १ हजार ५ सय ५६ जना

सुदूरपश्चिम प्रदेशमा ७ हजार २ सय ८८ जना 

हालसम्म कुन प्रदेशमा कति जनामा पुष्टि भयो कोरोना संक्रमण ?

नेपालमा हालसम्म १७ हजार ८ सय ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यस्तै तीमध्ये ११ हजार ८ सय ६८ जना कोरोना उपचार पछि घर फर्किएसँगै सक्रिय संक्रमितको संख्या ५ हजार ९ सय ३६ रहेका छन्। देशभर हालसम्म संक्रमण देखिएको तथ्यांक हेर्ने हो भने सबैभन्दा धेरै प्रदेश नं २ मा रहेको छ । हालसम्म प्रदेश नं २ मा ४ हजार ६ सय ३६ जनामा कोरोना संक्रमण देखिएको छ । भने सबैभन्दा कम प्रदेश नं १ मा कोरोना संक्रमण देखिएको छ । प्रदेश नं १ मा ८ सय ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

प्रदेश नं १ मा ८ सय ४५ जना

प्रदेश नं २ मा ४ हजार ६ सय ३६ जना

बाग्मती प्रदेशमा ८ सय ५९ जना

गण्डकी प्रदेशमा १ हजार ३ सय ९३ जना

प्रदेश नं ५ मा ४ हजार १ सय ९१ जना

कर्णाली प्रदेश नं १ हजार ८ सय २५ जना

सुदूरपश्चिम प्रदेशमा ४ हजार ९५ जना

कुन प्रदेशमा कति सक्रिय संक्रमित ?

हाल नेपालमा ५ हजार ९ सय ३६ जना सक्रिय संक्रमित रहेका छन् । बितेको २४ घण्टामा नेपालमा १ सय ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । त्यससँगै नेपालमा कुल संक्रमितको संख्या १७ हजार ८ सय ४४ जना रहेका छन् । हाल सक्रिय संक्रमित रहेकोमध्ये सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा रहेका छन् । सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १८ जना संक्रमित रहेका छन् । त्यस्तै सबैभन्दा कम प्रदेश नं १ मा रहेका छन् जहाँ ९३ जना रहेका छन् ।

प्रदेश नं १ मा ९३ जना

प्रदेश नं २ मा १ हजार ९ सय ३३ जना

बाग्मती प्रदेशमा ३ सय ९९ जना

गण्डकी प्रदेशमा ३ सय ८४ जना

प्रदेश नं ५ मा ४ सय १० जना

कर्णाली प्रदेश नं २ सय ९९ जना

सुदूरपश्चिम प्रदेशमा २ हजार ४ सय १८ जना

कुन प्रदेशमा कति भए संक्रमणमुक्त ? 

नेपालमा थप १ सय ७३ जना कोरोना संक्रमण मुक्त भएका छन् । योसँगे नेपालमा कोरोना संक्रमण मुक्त हुनेको संख्या ११ हजार ८ सय ६८ पुगेको छ ।

प्रदेश १ मा ७ सय ५२ जना

प्रदेश २ मा २ हजार ६ सय ९७ जना

वाग्मती प्रदेश ४ सय ५१ जना

गण्डकी प्रदेशमा १ हजार ४ जना

प्रदेश ५ मा ३ हजार ७ सय ७१ जना

कर्णाली प्रदेशमा १ हजार ५ सय २२ जना

सुदूरपश्चिम प्रदेशमा १ हजार ६ सय ७१ जना

५०० भन्दा बढी कोरोना संक्रमित उपचाररत रहेको यी ३ जिल्ला

  • रौतहट
  • बाजुरा
  • कैलाली

कोरोना संक्रमित नभएका यी ७ जिल्ला

नेपालको ७७ जिल्लामध्ये अहिले ७ जिल्लामा कोरोना संक्रमित छैनन् । ७ जिल्ला कोरोना संक्रमित मुक्त भएको स्वास्थ्य मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले जानकारी दिए ।

हाल कोरोना संक्रमित नभएका ७ जिल्ला

  • भोजपुर
  • मुस्ताङ
  • हुम्ला
  • मनाङ
  • पाँचथर
  • रसुवा
  • धनकुटा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?