काठमाडौं । कोरोना भाइरसको महामारी यतिबेला जताततै व्याप्त छ । गत वर्षको डिसेम्बर अन्तिम साता चीनको वुहान शहरमा देखिएको भनिएको कोरोनाको संक्रमण अहिलेसम्म विश्वका २१३ वटा देहशहरुमा फैलिसकेको छ ।
यो समाचार तयार पार्दासम्म विश्वमा कोरोना भाइरसका कारण ६ लाख ८ हजार ९०२ जनाको मृत्यु भईसकेको छ भने १ करोड ४६ लखा ४१ हजार ८१९ जनालाई संक्रमण भएको छ ।
त्यस्तै ८७ लाख ३५ हजार १८५ जना कोरोना संक्रमण मुक्त भएका छन् भने विश्वमा ५९ हजार ८१९ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
यसैबीच कोरोना संक्रमितको हिसावले दोश्रो नम्बरमा रहेको ब्राजिलमा अहिलेसम्म ७९ हजार ५३३ जनाको मृत्यु भईसकेको छ भने २० लाख ९९ हजार ८९६ जनालाई संक्रमण भएको छ ।
त्यहाँ १३ लाख ७१ हजार २२९ जना कोरोना संक्रमण मुक्त भएका छन् भने ८ हजार ३१८ जनाको स्वास्थ्य अवस्था गम्भीर रहेको छ ।
त्यहाँ आईतवार मात्रै २४ हजार ६५० जना संक्रमित थपिएका छन् भने ७१६ जनाको मृत्यु भएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?










प्रतिक्रिया